मेलम्चीको पानी काठमाण्डौमा : प्रधानमन्त्रीले भन्नुभयो, ‘यो लड्डु खाने खुशी हो’

 फागुन २२, २०७७ शनिबार १८:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाण्डौमा ल्याउने काम नेपालका लागि नयाँ सिकाइ र महत्वपूर्ण काम भएको बताउनुभएको छ । मेलम्ची खोलाको पानी काठमाण्डौको वाग्मती नदीमा बगाउने कामको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालमा नयाँ प्रविधिको प्रयोग गरी एक ठाउँको पानी अर्को ठाउँमा पुर्याउने काम भएको बताउनुभयो ।

आफ्नो सबै कपाल कालै हुँदा सुरु भएको योजना आफ्नो सबै कपाल सेतै भएपछि आइपुगेको भन्दै उहाँले लामो समयमा हुन नसकेको काम आफू नेतृत्वको सरकारले गरेको बताउनुभयो । उहाँले कोशीमा बग्ने पानी वाग्मतीमा बग्न थालेको र यो पानी उपत्यकाबासीलाई दिएको भन्दै मेलम्ची प्रभावित क्षेत्रका बासिन्दालाई धन्यवाद दिनुभयो । 

'यो लड्डु खाने खुशी हो'

प्रधानमन्त्री ओलीले आजको दिन लड्डु खाने किसिमको खुशी भएको बताउनुभयो । काठमाण्डौका बासिन्दाले मेलम्ची खोलाको पानी पिउन पाउने कुराको ग्यारेण्टी भएको दिन भन्दै उहाँले अब काठमाण्डौबासीले केही समयभित्रै मेलम्चीको पानी प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले आगामी शिवरात्रिसम्म वाग्मतीमा सफा पानी बग्ने पनि बताउनुभयो । 

यस्तै उहाँले केही परीक्षण सम्पन्न गरेर चाँडै काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने बताउनुभयो । पानी काठमाण्डौ ल्याउने तथा वितरणको क्रममा कुनै दुर्घटना हुन नदिइ काम गरेर केही समयमै पानी वितरण हुने उहाँको भनाइ छ । त्यसपछि काठमाण्डौबासीले पानीको हाहाकार भोग्नु नपर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले आफूहरुले काममा मात्रै ध्यान दिएकोले अहिलेसम्मकै धेरै उपलब्धीहरु प्राप्त भएको बताउनुभयो ।  
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया