मिडिल तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको ज्यान गयो

 फागुन २३, २०७७ आइतबार ९:३७:२० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको निर्माणाधीन ७३ मेगावाटको मिडिल तमोर जलविद्युत आयोजनाको सुरुङमा काम गर्ने दुईजना मजदुरको ढुङ्गाले किचेर ज्यान गएकाे छ । 

उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँको शनिवार दिउँसो ज्यान गएकाे हाे। आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमकाअनुसार शनिवार दिउँसो सुरुङ खन्ने क्रममा ढुंगाले किचेर उनीहरुको ज्यान गएकाे हाे । 

सुरुङ निर्माण गर्ने क्रममा सपोर्ट लगाइरहेको समयमा माथिबाट लडेको ढुङ्गाले किचेर उनीहरुकाे घटनास्थलमै ज्यान गएकाे आयोजनाका भू-गर्भविद् सूर्य लिम्बुले बताउनुभयो । मिक्वाखोला गाउँपालिका-२ को थुम्वाबाट फक्ताङ्लुङ गाउँपालिका-१ सावादिनतर्फ सुरुङ खन्ने क्रममा दुर्घटना भएको लिम्बुले जानकारी दिनुभयो । उनीहरुसँगै काम गरिरहेका अरु कामदार भने सकुशल रहेको लिम्बुको भनाइ छ ।

सम्पर्क अधिकृत गौतमकाअनुसार आयोजनाको १ हजार ३ सय ९७ मिटर सुरुङ निर्माण भएको छ । मिक्वाखोलामा आउटलेट र फक्ताङलुङमा हेडबक्स छ । याे आयोजना सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माण गरिरहेको छ । 

२०७४ सालमा निर्माण सुरु भएको आयोजना २०७८ मा सक्ने लक्ष्य छ । सुरुङ ३ हजार ३ सय ६७ मिटर निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया