विदेशमा रहेका काेराेना सङ्क्रमित नेपालीमध्ये ९६ प्रतिशत सङ्क्रमण मुक्त

 फागुन २३, २०७७ आइतबार १५:५३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेशमा रहेका काेराेना सङ्क्रमित ९६ प्रतिशत नेपाली निकाे भएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशका ६२  हजार ९ सय ८१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।

यस्तै काेरोनाका कारण विदेशमा यो हप्ता थप २ जना नेपालीको ज्यान गएको छ ।  गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो हप्ता ज्यान गुमाएका दुवै जना बेलायतमा बस्दै आएका नेपाली हुन् । विभिन्न २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको संक्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो हप्ता स्वीडेन, मलेसिया, यूएई र पोर्चुगलमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया