धुम्बाराहीसहित देशभरका पार्टी कार्यालयमा नेकपा एमालेकाे साइनबोर्ड

 फागुन २५, २०७७ मंगलबार १३:३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेले देशभरका कार्यालयमा रहेको नेकपाको साइनबोर्ड हटाउन थालेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेले आफ्नो साइनबोर्ड राखेको छ  । अहिले एमालेले देशभरका आफ्ना कार्यालयहरूमा आफ्नो बोर्ड राखिरहेको छ । 

यस्तै नेकपा झापाको पार्टी कार्यालयमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज बिहान एमालेको बोर्ड राखिएको हो । 

यो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलगअलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । यस्तै रामेछाप, दाङलगायतका जिल्लामा रहेका पार्टी कार्यालयमा पनि नेकपा एमालेले आफ्नाे साइनबाेर्ड राखिरहेकाे छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया