एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालयमा

 फागुन २६, २०७७ बुधबार ११:३६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र संसद सचिवालय पठाएको छ ।

पत्र संसद सचिवालयलाई प्राप्त भएसँगै प्रतिनिधिसभामा आजदेखि एमाले र माओवादी केन्द्रको नाममा सांसदले प्रतिनिधित्व गर्नेछन् । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै लहरमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो  ।

निर्वाचन आयोगको पत्र बमोजिम अब एमाले र माओवादी केन्द्रका सांसदको बस्ने सिट व्यवस्थापन मिलाइने र अहिले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नगरेकाले आज सत्तापक्षकै अर्को लहरमा बस्ने प्रवक्ता पाण्डेको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया