आगलागी र डढेलोबाट कृषि क्षेत्रमा भएको क्षतितर्फ गम्भीर बन्न सरकारलाई आयोगको ध्यानाकर्षण

 वैशाख २१, २०८१ शुक्रबार १५:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय किसान आयोगले आगलागी र वन डढेलोका घटना बढ्दै गएको र यसबाट कृषि क्षेत्रमा ठूलो क्षति भएकोतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले आज विज्ञप्ति निकालेर आगलागी र डढेलोबाट कृषि र पशुपन्छी क्षेत्र अन्तर्गत विभिन्न बाली, पशुचौपाया, पन्छी तथा अन्न उत्पादनको क्षेत्रमा क्षति भएको उल्लेख गरेको छ ।

सुख्खायाम बढ्दै गएको र यसबाट आगलागी, डढेलो तथा समग्र कृषि क्षेत्रको उत्पादनमा भैरहेको क्षति घटाउन तीन तहका सरकारलाई गम्भीर बन्न आयोगले आग्रह गरेको छ । आयोगले देशको कुल ग्राहस्थ उत्पादनमा समेत नकारात्मक असर पर्नेतर्फ सचेत रहँदै आगलागी नियन्त्रणका उपकरण तयारी अवस्थामा राख्न, वनमा डढेलो लगाउनेको पहिचान गरी कारवाही गर्न, पूर्वतयारीका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न पनि अपिल गरेको छ । क्षति भोगेका पीडित तथा किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि आयोगले भनेको छ ।

आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले निकालेको विज्ञप्तिमा हिउँदे वर्षा नहुँदा किसान मर्कामा परेका र आउँदा दिनमा डिप ट्युबवेल, स्यालो ट्युबवेल जडान, साना नहर तथा कुलोको मर्मत, सिँचाई पूर्वाधार निर्माणमा ध्यान दिन पनि सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

 

 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया