बङ्गलादेश र जिम्बाब्वे बीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि

 वैशाख २१, २०८१ शुक्रबार १५:३९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – बङ्गलादेश र जिम्बाब्वे बीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल बङगलादेशको चट्टोग्राममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । श्रृङ्खलाको दोस्रो खेल पर्सि आइतवार, तेस्रो खेल मङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल ३० गते आइतवार हुनेछ ।

बङ्गलादेशले टी–२० विश्वकप अघि जिम्बाब्वेसँग टी –२० श्रृङ्खला खेल्न लागेको हो । जिम्बाब्वे भने वेस्टइन्डिज र अमेरिकामा आउँदो जुनमा हुने टी–२० विश्वकपमा पुग्न असफल भएको थियो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया