दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – कर्णाली प्रदेशमा पनि बर्ड फ्लु भेटिएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा बर्ड फ्लु पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गतको पशु सेवा विभागले जनाएको छ ।
यसअघि गएको महिना काठमाण्डौको तारकेश्वर नगरपालिका, सुर्खेत र वीरेन्द्रनगरपालिकामा रहेका पन्छीमा बर्डफ्लु देखिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा पनि बर्डफ्लु भेटिएको हो ।
रोग देखिएका क्षेत्रमा रहेका ३ सय ब्रोइलर कुखुरा, ३ सय ३१ लेयर्स कुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा र २ सय ५१ किलो दाना र २ सय वटा अण्डाको क्रेट नष्ट गरिएको छ । यस्तै रोग देखा परेको ठाउँलाई पूर्ण नीसंक्रमणसमेत गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।