बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको ज्यान गयो

 फागुन २६, २०७७ बुधबार १७:४६:२४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा पाटेबाघको आक्रमणबाट फेरि एक जनाकाे ज्यान गएको छ । मधुवन नगरपालिका ३ को सामुदायिक वनभित्र घाँस काट्न गएकी कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । 

यसअघि फागुन १७ गते बर्दियाको गेरुवा गाउँपालिकामा पाटेबाघले भैँसी चराउन गएका ६५ वर्षीय एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो । योसँगै बर्दियामा यस वर्ष बाघको आक्रणबाट आठ जनाले ज्यान गुमाएका छन् । 

बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना निकालेर वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँसदाउरा लिन नजान पटक–पटक आग्रह गरिरहेको छ । 

पाटेबाघ आक्रामक बनिरहेकाले केही समय जङ्गल प्रवेश नगर्न र जानैपरे एक्लै नजान डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले आग्रह गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया