गर्मी मौसम सुरु भएसँगै स्वास्थ्यमा समस्या हुने डर, विशेष ध्यान दिन डाक्टरकाे सुझाव

 फागुन २९, २०७७ शनिबार ८:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गर्मी माैसम सुरु भएसँगै स्वास्थ्यमा समस्या आउन सक्ने हुँदा सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

यो समयमा खानपानबाट सर्ने सङ्क्रामक रोग देखिने हुँदा विशेष सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको सुझाव छ ।

खानपान र जीवनशैलीमा ध्यान नदिए टाइफाइड, झाडापखाला, जन्डिस, मलेरिया, ज्वरोलगायत स्वास्थ्य समस्या देखिने डा. पुनको भनाइ छ । विभिन्न रोगको सङ्क्रमण भएमा ज्वरो आउने, वाकवाक लाग्ने, पखाला लाग्ने, भोक नलाग्ने, शरीर बोझिलो र आलस्यमय हुने लक्षण देखिने गर्दछ ।

यस्ता समस्याबाट जोगिन बाहिर बनेको खाना नखाने, पानीलाई राम्ररी उमालेर खाने, शारीरिक व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । ज्वरो आएमा, लगातार खोकी लागेमा, छाती दुखेमा तत्काल स्वास्थ्य जाँच गराउन उहाँको आग्रह छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया