दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
दैलेख – कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेकाे घटनामा बेपत्ता पाँच वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । उनको शव नवाैँ दिन मङ्गलवार अछामको तुर्माखाँद गाउँपालिका ३ असाराघाट नजिक कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । कर्णाली नदीको किनारमा भेटिएको बालिकाकाे शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन अस्पताल पठाइएको छ ।
दैलेखको आठबीस ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै फागुन २४ गते कर्णाली नदीमा हाम फालेर सामूहिक आत्महत्या गरेकाे प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताकाे शव घटनाकाे दिन र आमा सुकी तथा उहाँका छोरा १० वर्षीया ललितको शव घटनाको भोलिपल्ट फागुन २५ गते कर्णाली नदीमै भेटिएको थियो ।
कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको थियो । सुकीका छोरी १४ वर्षीया कल्पना स्थानीय नेरा माविमा कक्षा ७ मा पढ्थिन् । यस्तै १२ वर्षीया सरिता पाँच कक्षा, १० वर्षका ललित तीन कक्षा र पाँच वर्षीया रजनी कक्षा एकमा पढ्थिन् ।
सुकीका श्रीमान् मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तानसहित नदीमा हाम फाल्न बाध्य पारेको कसुरमा उनीमाथि जिल्ला प्रहरी कार्यालय अछामले आत्महत्या दुरुत्साहन मुद्दा चलाइ हिरासत राखेको छ ।
मृतक पाँचै जनाले आफ्नो गाउँ दैलेखको आठबीस नगरपालिका ३ निमायल नजिकै कर्णाली नदीमा हाम फाले पनि सबैको शव अछाम जिल्लाको भू–भागमा फेला परेका कारण अछाममा मुद्दा चलाइएको कर्णाली प्रदेशका प्रहरी इञ्चार्ज वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।