एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – महानगरीय प्रहरी परिसर काठमाण्डौले काठमाण्डौ महानगरपालिका १४ बल्खुकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनकै श्रीमानले गरेको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौले बुधवार पत्रकार सम्मेलन गरी सन्तोषीको हत्या उनका श्रीमान् सन्तोषले गरेको जनाएकाे हाे। प्रहरीले हत्यामा संलग्न सन्तोषलाई पनि सार्वजनिक गरेको छ । लागुऔषध दुर्व्यसनी सन्तोष र श्रीमतीबीच सम्बन्ध राम्रो नभएको र घरायसी झै–झगडाकै कारण उनले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले अपराधीले आफूले हत्या गरेको स्वीकार गरिसकेको जानकारी दिनुभयो ।
प्रहरीले सन्तोषीको मृत शरीर बोरामा प्याक गरी फालेको अवस्थामा फेला पारेको थियो ।
यस्तै प्रहरीले टोखा नगरपालिका ३ काे सूर्यदर्शन हाइटका आशिष लिम्बुको हत्यामा संलग्न तीन जनालाई पनि सार्वजनिक गरेको छ । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अबदुल आलम र भुपेन्द्रकुमार शाहलाई सार्वजनिक गरिएको हो । उनीहरूसँग आशिषको झै–झगडा भएको र त्यही रिसिबीमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारेर फालेको अवस्थामा आशिष लिम्बुको शव फेला पारेको थियो ।
दुवै घटनाका दोषीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।