धादिङमा महिलालाई जिउँदै पुरेर भागेका डाेजर चालक पक्राउ

 चैत ६, २०७७ शुक्रबार १४:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा डोजरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । 

सडक निर्माणका क्रममा डोजरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । सीआईबीका अनुसार चालक बुढाथोकीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो । 

धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डाेजर (एक्स्काभेटर) ले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खस्नुभएको थियो । चालक भीमबहादुरले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।  

काठमाण्डौबाट सल्यानटार हुँदै आरघाटमका लागि छुटेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्‍याे’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । खाना खाँदै गरेका सडकमा मजदुरले कुमालको शव निकालेका थिए ।  

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया