'विश्व मुख स्वास्थ्य दिवस' मनाइँदै : मुखको स्याहार गर्न डाक्टरकाे सुझाव

 चैत ७, २०७७ शनिबार ११:३४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

स्पेनको मड्रिडमा भएको डेन्टल कांग्रेसले हरेक वर्ष मुख स्वास्थ्य दिवसका लागि नयाँनयाँ नारा बनाउने गर्छ ।

यस वर्षको नारा ‘आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने रहेको छ । मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्गलाई बुझिन्छ ।

समयमै उचित ध्यान नदिँदा दाँत तथा मुखका सामान्य समस्याले पनि जटिलता उत्पन्न गर्ने भएकाले मुख स्वास्थ्यप्रति सजग रहन डाक्टरले सुझाव दिएका छन् ।

नेपालीले मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्यालाई सामान्य जस्तै मान्ने गरेको पाइन्छ । मुखका समस्याले शरीरका अन्य अङ्गमा पनि रोग लाग्ने गरेको डाक्टर अच्युत खनालले बताउनुभयो । डाक्टरका अनुसार मुटुका रोग, प्रेसर, सुगरलगायतका ६० प्रतिशत रोग मुखको स्याहार नगर्दा लाग्ने गर्छ ।

दाँतको सरसफाइ गर्दा धेरै रोगको जोखिम घटाउन सकिने भएकाले मुख स्वास्थ्यमा विशेष ध्यान दिन डाक्टर खनालको सुझाव छ । 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया