‘प्रतिनिधि सभा भङ्ग गर्ने सनक सही थियो भन्ने देखाउन प्रधानमन्त्रीले संसद्लाई कामविहीन बनाए’

 चैत १०, २०७७ मंगलबार १३:५६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को घोर अपमान गरेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकको शून्य समयमा थापाले आफूले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम ठिक थियो भन्ने देखाउन संसद्लाई कामविहीन बनाएको आरोप लगाउनुभयो । 

‘कहिले प्रश्नबाट छल्न बैठक स्थगित, कहिले पार्टीभित्रैका विरोधी तह लगाउन संसद् भङ्ग अनि अहिले प्रतिनिधि सभा भङ्ग सही थियो भन्ने देखाउनका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च भइरहेको छ, हामी काम गर्न तयार छौँ, एसिड आक्रमणकारीलाई कारबाही गर्न विधेयक ल्याउन दिएनन् भन्ने तर एउटा विधेयक पनि नपठाउने । जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार र अपमान गर्ने काम बढ्दै जान्छ, किनकि प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनु छ’, थापाले भन्नुभयो ।  

ओलीले संसद्को अपमान गरेको र नागरिकको मतको अपमान गरेको तर संसदभित्र बसेर गरिमा जोगाउन डटेर लड्ने थापाको भनाइ छ ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया