'माउन्टेन गाइड' को अनुमतिपत्र वितरण सुरु, पहिलो अनुमतिपत्र कामी रिता शेर्पालाई

 चैत १०, २०७७ मंगलबार १५:४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पर्यटन विभागले माउन्टेन गाइड अर्थात् पर्वतीय पथ प्रदर्शकहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । विभागले पर्वतारोही कामी रिता शेर्पालाई परिचय पत्र उपलब्ध गराएर पथ प्रदर्शकका लागि परिचयपत्र वितरण सुरु गरेको विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । 

शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहुन्छ । विभागले नेपाली पर्वतीय पर्यटनलाई व्यावसायिक र मर्यादित बनाउनका लागि पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराउन थालेको निर्देशक आचार्यले बताउनुभयो । 

विभागले उपलब्ध गराउने अनुमतिपत्र पाँच वर्ष अवधिको हुने छ । विभागले अनुमतिपत्र वितरणका लागि गएको चैत १ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरेको थियो । कामी रिता शेर्पाले पहिलो नम्बरमा नाम दर्ता गराउनुभएकाले उहाँले पहिलो अनुमतिपत्र प्राप्त गर्नुभएको र आवेदन दिएकाहरूको अनुमतिपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको पनि निर्देशक आचार्यले बताउनुभयो ।

अनुमतिपत्रका लागि दुई सयभन्दा बढीको आवेदन परेको विभागले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया