‘अविश्वास प्रस्ताव फेल हुन्छ भनेर ल्याउन डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?’

 चैत १०, २०७७ मंगलबार १६:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भनेर प्रश्न गर्नुभएकाे छ ।  

प्रतिनिधि सभाकाे मङ्गलवारकाे बैठककाे शून्य समयमा बाेल्दै सांसद अधिकारीले ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भए पनि नेकपा एमालेदेखि सातो गएको उहाँको भनाइ छ । 

लोकतन्त्रको कुरा गरे पनि चुनावमा जान डराएको पनि उहाँले बताउनुभयो । आफैँ भत्ता बढाउन माग गर्नेहरूले प्रधानमन्त्री समर्थक सांसदले माग गरेको भनेर प्रचार गरिएको उहाँको भनाइ छ ।

सांसद अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै अविश्वास प्रस्तावमार्फत हटाउन चुनौतीसमेत दिनुभएकाे छ । 

मङ्गलवार प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष ती दुवै प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ती समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेस गर्नुभयो । 

प्रतिनिधि सभाको अर्काे बैठक यही चैत १८ गते दिउँसाे १ बजे बस्नेछ । 

अन्तिम अपडेट: जेठ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया