दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
रसुवा – चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु–रसुवागढी सडकखण्डमा पर्ने बिजुलीको पोल सार्ने काम ८० प्रतिशत सकिएको छ ।
वि.स. २०७६ चैतदेखि पोल सार्ने काम सुरु भएको भए पनि कोरोना भाइरसको जोखिम, टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएको र तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीयको अवरोध र भौगोलिक विकटता लगायतका कारण काममा ढिलाइ भएको हो ।
स्याफ्रु चौकीदेखि रोङ्गा पुल र रोङ्गा पुलदेखि लिङलिङसम्मको पोल सार्ने काम चलिरहेको छ । गएको पुस महिनाभित्र पोल सार्नुपर्ने काम सकाउनुपर्ने भए पनि प्राधिकरणले चैतसम्ममा सकाउने जानकारी दिएको थियो । तर अझै केही समय लाग्ने देखिएको छ ।
सडक खण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा करिब ८० प्रतिशत पोल हटाइएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । योजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार पोल सार्ने काम सकिएपछि स्तरोन्नतिको काम सुरु हुने छ ।
नेपाली पक्षले जति छिटो काम गर्न सक्यो त्यति छिटो स्तरोन्नतिको काम सुरु हुने उहाँले बताउनुभयो । रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डमा पर्ने बिजुलीको पोल सार्ने, घरटहरा हटाउने तथा मुआब्जा वितरणको काम समयमै हुन नसक्दा स्तरोन्नतिको काम सुरु हुन सकेको छैन ।
यो सडकको स्तरोन्नति १४ महिना अघि सुरु गरिएको थियो । चिनियाँ टोलीले २०७६ असोजमा नै स्तरोन्नति सुरु भएको घोषणा गरेका थिए । नेपाली पक्षले सडक खण्डमा पर्ने संरचना हटाएपछि काम सुरु गर्ने गरी टोली फर्किएको थियो ।
त्यसयता नेपाली पक्षले बिजुलीको पोल सार्ने, घरटहरा भत्काउने तथा मुआब्जा वितरण गर्ने लगायतका काम सुरु गरेपछि प्रभावकारी रूपमा काम हुन सकेको छैन । मुआब्जा वितरणको काम अझै सुरु भएको छैन । घर टहरा हटाउने काम पनि सकिएको छैन ।
३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ टोलीले काम अघि बढाएको थियो । स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेकोमा चिनियाँ पक्षले १५ दशमलव ८ किलोमिटर स्तरोन्नति गर्ने छ । यो अहिले एक लेनको कच्ची सडक हो । चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने योजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।