भोजपुरमा आगलागीबाट चार घर जलेर नष्ट

 चैत १३, २०७७ शुक्रबार ८:५३:५६ | बुद्ध तामाङ
unn.prixa.net

भाेजपुर - सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन्।

बिहीवार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

आगलागीबाट हतुवागढी गाउँपालिका-८ का अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालीबहादुर राईको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीले जनाएको छ ।

आगलागीबाट भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया