अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले नेपाल भ्रमणमा आउने पर्यटकहरूको क्वरेण्टीन अवधि र कोरोना बीमाको बाध्यात्मक अवस्था हटाएको छ ।
यसअघि नेपाल आउने पर्यटकहरूले पाँच हजार डलर बराबरको कोरोना बीमा गरेको हुनुपर्ने र नेपाल आएपछि अनिवार्य एक हप्ता क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था रहेकोमा अब कोरोना बीमा आवश्यक पर्ने छैन भने नेपाल आएपछि गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आएपछि पर्यटक घुम्न जान पाउने छन् ।
कोरोना बीमा र अनिवार्य क्वरेण्टीनका कारण यस पटकको वसन्त ऋतुमा पनि विदेशी पर्यटक आउन समस्या हुने व्यवसायीहरूको गुनासो थियो । अब पर्यटक नेपाल आइपुगेपछि उनीहरूकै खर्चमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ आएमा तत्कालै घुम्न जान पाउने पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताउनुभयो ।
कोरोना पोजेटिभ देखिएमा भने नेगेटिभ नआउञ्जेल होटल क्वरेण्टीनमा बस्नुपर्नेछ । पर्यटकका साथमा जाने नेपाली सदस्य तथा सहयोगीहरूले भने एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
यस्तै हवाई मार्गबाट आउने पर्यटकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन–अराइभल भिसासमेत सरकारले उपलब्ध गराउने भएको छ । नेपालमा पदयात्रा तथा साना हिमाल आरोहणका लागि आउने पर्यटकहरू छोटो बिदामा आउने भएकोले यो व्यवस्थाले पर्यटक आगमन बढाउने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले बताउनुभयो ।
अनिवार्य क्वरेण्टीन र पाँच हजार डलर बराबरको कोरोना बीमाका कारण आउँदो सिजनमा पनि पर्यटन व्यवसाय धराशायी हुने गुनासो गरिरहेका व्यवसायीहरू नयाँ व्यवस्थाले केही राहत दिने बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।