पातपतिङ्गर जलाउन लगाएकाे आगाेले घर जलेर नष्ट

 चैत १३, २०७७ शुक्रबार २०:१०:३१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेनमा गाउँपालिका ३ मा आगलागी भएको छ । आगलागीबाट हरिप्रसाद पोखरेलको घर जलेर नष्ट भएको छ ।

घर नजिकै रहेको बारीमा पातपतिङ्गर जलाउन लगाएको आगो गोठमा सल्किएर फैलिँदा घरमा आगलागी भएको हाे । 

झण्डै चार/पाँच सय मिटरपरको आगो फैलिँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यस्तै आगो निभाउने क्रममा हरिप्रसादका छोरा २३ वर्षीय तिलप्रसाद पोखरेल घाइते हुनुभएकाे छ । उहाँकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सक्रियतामा आगाे दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण फुङलिङ नगरपालिका ३ मेदिबुङमा दुई घर जलेका छन् । आगलागीका कारण मेदिबुङका भीमप्रसाद घिमिरेको घर जलेर नष्ट भएको छ । उहाँका छिमेकी चन्द्रमाया रम्तेलकाे दुई घरमध्ये एक घर जलेको छ । ​आगाे अझै नियन्त्रणमा नआएकाे घिमिरेले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया