विपीन जोशीको रिहाइका लागि पहल गर्न अरब संसद्का अध्यक्षलाई सभा...
माघ २५, २०८१ शुक्रबार
रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ९७ हजारभन्दा बढी पर्यटक आएका छन् ।
गएको ८ वर्षमा निकुञ्ज क्षेत्रभित्र ९७ हजार २ सय १२ पर्यटक आएका हुन् । यो प्रवेश शुल्क तिरेर भित्रिएका पर्यटकको संख्या हो । शुल्क नतिरी आउने नेपाली पर्यटकको संख्या उच्च छ ।
गोसाइँकुण्ड मेलामा आउने नेपाली तीर्थयात्रीले शुल्क तिर्नु पर्दैन । यो समयमा सबैभन्दा धेरै पर्यटक आउने गरेका छन् । निकुञ्जका अनुसार आव ०६९/७० मा १३ हजार ३ सय ७०, आव ०७०/७१ मा १२ हजार ५ सय ५२, आव ०७१/७२ मा १२ हजार २ सय ६५, ०७२/७३ मा ५ हजार १६ पर्यटक आएका थिए ।
यस्तै आव ०७३/७४ मा ८ हजार २ सय ५४, ०७४/७५ मा १० हजार ६ सय १९, ०७५/७६ मा १७ हजार ६ सय ९१ र गत आर्थिक वर्ष २०७६/७७ मा १७ हजार ४ सय ४५ पर्यटक आएका निकुञ्जको तथ्यङ्क छ । गएको ८ वर्षमा नेपालको निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा ४४ लाख ८५ हजार ४ सय २८ पर्यटक पुगेका छन् ।
निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि बर्सेनि हजाराैँ पर्यटक आउने गरेका छन् । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।
असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।
इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका पर्यटन व्यवसायी बताउँछन् ।
जिल्लामा आएपछि लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।