काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण कायमै

 चैत १५, २०७७ आइतबार ८:९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण आज पनि कायमै छ ।

नेपाल वायु प्रदूषणमा हानिकारक अवस्थाबाट तल झर्न अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ ।

हिजो र अस्ति विश्वकै सबैभन्दा धेरैे प्रदूषण भएको नेपाल अहिले तेस्रो स्थानमा झरेको छ । तर मौसम पहिलेकै अवस्थामा फर्कन अझै केही दिन लाग्ने विभागले जनाएको छ ।

भोलिसम्म प्रदूषणको अवस्था हिजोको जस्तै अवस्थामा रहने र पर्सिदेखि भने केही सुधारको सम्भावना रहेको विज्ञहरुले बताएका छन् । अहिले नेपालमा सबैभन्दा धेरै प्रदूषण सौराहामा देखिएको छ । सौराहाको अहिलेको एक्यूआई ३६० मापन गरिएको छ । २ सयभन्दा धेरैलाई हानिकारक र ३ सयभन्दा धेरैलाई उच्च हानिकारकको रुपमा लिने गरिन्छ । 

यस्तै आज दिउँसोपछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सफा रहने मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

यस्तै आज राति पनि प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया