फागु पर्वमा सुरक्षा व्यवस्था कडा : २ सय २३ वटा गाडी होल्ड

 चैत १५, २०७७ आइतबार ११:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फागु पर्वलाई व्यवस्थित बनाउन काठमाण्डौ  उपत्यकाका मुख्यमुख्य चोकमा प्रहरी खटिएका छन् ।

कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइबुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार फागुलाई व्यवस्थित बनाउन चोक चोकमा चेकप्वाइन्ट बनाएर सुरक्षा जाँच  भइरहेको छ । यस्तै, होहल्ला गरी हिँड्नेलाई सम्झाउने काम पनि भइरहेको छ । यस्तै, काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले २२३ वटा गाडी होल्ड गरेको छ । सडक अनुशासन पालना नगर्ने र हेलमेट नलगाउनेहरुलाई कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मोटरसाइकल र स्कुटरमा दुई जनाभन्दा धेरै चढेका, हेलमेट नलगाएका र जथाभाबी हर्न बजाउनेहरुको गाडी होल्डमा राखिएको छ । होल्डमा रहेका गाडीलाई भरे बेलुका मात्रै छोडिने महाशाखाले जनाएको छ ।   

आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ लगाएर फागु पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने परम्परा छ । केही वर्षयता फागु पर्व व्यवस्थित बन्न थालेको छ ।

इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । यस्तै, पोहोर जस्तै यसपालि पनि कोरोनाको जोखिम उच्च रहेको सरकारले घरका परिवारसँगमात्रै फागु पर्वलाई सीमित राख्न आग्रह गरेको छ । यस्तै रंगले स्वास्थ्यमा हानी गर्ने भएकाले प्राकृतिक रंगको मात्रै प्रयोग गर्न र स्वस्थकर खानेकुरा मात्र खान पनि आग्रह गरिएको छ ।

फागुको अवसरमा आज काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिइएको छ । तराईका जिल्लामा भने भोलि फागु पर्व मनाइन्छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया