काठमाण्डौ : हाेलीकाे बहानामा लापर्बाही गर्ने, दुर्घटना हुन सक्ने गरी गाडी चलाउने ११७३ जना कारबाहीमा

 चैत १५, २०७७ आइतबार १६:५९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घन गरेर गाडी चलाउने ११ सय ७३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जाँडरक्सी खाएर गाडी चलाउने, कागजात नबोकेका, दुर्घटना हुन सक्ने गरी चलाएका र होलीको बहानामा लापर्बाही गर्ने ११ सय ७३ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

यसमध्ये ३३ जनाले दिउँसै जाँडरक्सी खाएर गाडी चलाएका थिए । यस्तै ट्राफिक प्रहरीले चार सय ५८ वटा गाडीलाई सडकमै होल्ड गरेको छ । हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउने लगायत कसुरमा चार सय ४८ वटा दुई पाङ्ग्रे र १० वटा चार पाङ्ग्रे गाडीलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

ठाउँठाउँमा प्रहरी परिचालन गरेर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार आइतवार (आज) उपत्यकाका नौ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ । 

साथै कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइ–बुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया