रेशम चौधरीको रिहाइलगायतका माग टुङ्ग्याउन गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

 चैत १६, २०७७ सोमबार १५:३०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले थारु कल्याणकारी सभा, थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको हो । सङ्घर्ष समितिले उठाएका १९ बुँदे मागको विषयमा साेमवारैदेखि वार्ता सुरु हुने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

समितिले रेशम चौधरीको रिहाइलगायतका १९ बुँदे माग राखेको छ । जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनका लागि राखेको मागअनुसार थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न टोली गठन गरिएको हो ।

नेपाल सरकार सबै प्रकारका हिंसात्मक गतिविधिको अन्त्य गरेर देशलाई शान्त बनाउने अभियानमा रहेकाले सबै पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्ने उद्देश्यका साथ काम भइरहेको पनि मन्त्री गुरुङले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया