अझै तीन दिन वायुमण्डल स्थिर रहन्छ, सतर्कता अपनाउनुस् : विभाग

 चैत १६, २०७७ सोमबार २०:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन वायुमण्डल स्थिर रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । गएको शुक्रवार देखा परेको बाक्लो तुवाँलो हटाउन आवश्यक मौसमी प्रणाली नदेखिएकाले अझै तीन दिन प्रदूषण कायम रहने विभागले जनाएको छ ।

विभागले विज्ञप्ति निकालेर तीन दिनपछि वायुमण्डल केही चलायमान हुने देखिए पनि प्रदूषण हट्नका लागि त्यसपछिको डढेलोको अवस्था, वर्षा वा बलियो हावाहुरी आउने/नआउनेमा भर पर्ने जनाएको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको हावा स्वास्थ्यका लागि घातक रहेकाले अत्यावश्यकबाहेक घरबाट ननिस्कन र सावधानीका उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ ।

वायु प्रदूषण बढेसँगै सरकारले देशैभरका विद्यालय आउँदा चार दिनका लागि बन्द गर्ने निर्णय पनि गरेकाे छ ।  ​

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया