हङकङको चुनावी प्रणाली नियन्त्रण गर्न चीनले ल्याएको कानुन पारित, राष्ट्रवादीले मात्रै चुनाव लड्न पाउने

 चैत १७, २०७७ मंगलबार १४:४७:४४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चीनले हङकङको चुनावी प्रणालीलाई नियन्त्रण गर्न ल्याएको कानुन पारित गरेको छ । नयाँ कानुनमा हङकङमा राष्ट्रवादीहरू मात्रै चुनाव लड्न पाउने व्यवस्था छ । यसका लागि मुख्य भूमि चीनसँग आफ्नो बफादारिता पुष्टि गरेपछि मात्रै हङकङमा सांसदसहितका पदमा चुनाव लड्न पाइने व्यवस्था रहेको बीबीसीले जनाएको छ ।

गएको मार्चमा नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को बैठकका क्रममा संसद्ले यसलाई पारित गरेको थियो । मङ्गलवार (आज) एनपीसी स्थायी कमिटीले पारित गरेको हो । नयाँ कानुनले संसदमा प्रत्यक्ष निर्वाचित सिटहरूको सङ्ख्या झण्डै आधा घटाएको छ ।

चीनले पारित गरेको नयाँ कानुनले हङकङमाथिको चिनियाँ नियन्त्रण थप बलियो बन्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कानुनले प्रजातन्त्रको अन्त्य हुने भन्दै विपक्षीले आलोचना गरेका बीबीसीले जनाएको छ ।

चीनले यसअघि हङकङमा कडा सुरक्षा कानुन लागू गरिसकेको छ । यस कानुनलाई लिएर हङकङमा ठूलाे मात्रामा प्रदर्शन भएकाे थियाे । प्रदर्शनका क्रममा हजाराैँ नागरिकलाई हिरासतमा लिइएकाे थियाे ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया