लोक सेवा तयारी कक्षा निःशुल्क पाएपछि सन्धिखर्कका विद्यार्थी खुसी

 चैत १७, २०७७ मंगलबार १८:२०:३३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा खरिदार र नासु स्तरको निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन भएको छ । महँगो शुल्क तिरेर बुटवल तथा काठमाण्डौमा गएर पढ्नुपर्ने लोक सेवा आयोगको तयारी कक्षा सन्धिखर्कमै लोक सेवा पास गरेका उपसचिव तथा अधिकृत स्तरका कर्मचारीले निःशुल्क दिएपछि विद्यार्थी खुसी भएका छन् । 

कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको आयोजनामा खरिदार र नासु स्तरको लोक सेवा तयारी कक्षा सञ्चालन भएको हो । लोक सेवा आयोगको परीक्षाका लागि तथा प्रशिक्षार्थीको क्षमता विकास गर्न निःशुल्क कक्षा सञ्चालन गरिएको युनियनका जिल्ला अध्यक्ष झविन्द्र खनालले बताउनुभयो । अहिले लोक सेवा आयोगमा विद्यार्थीकाे आकर्षण बढिरहेको छ । 

एक महिनासम्म सञ्चालन हुने लोक सेवा तयारी कक्षामा ७० जनाको सहभागिता रहेको छ । बाहिरी इन्स्टिच्युटमा महँगो शुल्क तिरेर लोक सेवा तयारी कक्षा पढ्दा प्रशिक्षार्थीहरूमा आर्थिक अभाव हुने भएकाले निःशुल्क कक्षा सञ्चालन गरिएको लोक सेवा आयोग तयारी कक्षाका कार्यक्रम संयोजक कृष्ण वर्माले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया