प्रतिनिधि सभाको बैठकमा सांसदहरूबीच आरोप–प्रत्यारोप

 चैत १८, २०७७ बुधबार १५:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको बुधवारकाे बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरेका छन् भने विपक्षी दलका सांसदहरूले सरकारले गफ गरेर दिन ठेलिरहेको आरोप लगाएका छन् । 

शून्य समयमा टेकबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदममार्फत विघटन गरेको संसद् अदालतको आदेशपछि पुनर्स्थापना भए पनि सरकारकै कारण संसद्ले बिजनेस नपाएको बताउनुभयो । 

यस्तै डिला संग्रौलाले सरकारले कोरोना प्रभावित मजदुरको हितमा काम गर्न नसेकेको र देशमा समस्या नै छैन जस्तो गरेर प्रधानमन्त्रीले भाषण गर्दै हिँडेको बताउनुभयो ।

यस्तै दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीले नै आफूमाथि गम्भीर खतरा रहेको अभिव्यक्ति दिएकोमा आश्चर्य प्रकट गर्दै संसदमा प्रधानमन्त्री किन नआएको हो ? भन्दै प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओली नैतिक रूपमा कमजोर भएकाले संसदमा आउने आँट नगरेको बडुले बताउनुभयो । 

एमालेकी सांसद शान्ता चौधरीले भने अनावश्यक विवाद निकालेर प्रधानमन्त्रीलाई संसद् विघटन गर्न बाध्य गराएको आरोप लगाउनुभयो । उहाँले सरकारले नागरिकको हितमा गरेका काम र विकास निर्माणका कामको पनि समर्थन नभइ विरोध गरिरहेको भन्दै आपत्ति जनाउनुभयो ।  

पुनर्स्थापनापछि प्रतिनिधि सभा बैठक फागुन २३ गते बसेको थियो । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि सरकारले बिजनेस नदिएको आरोप लाग्दै आएको छ । संसद्लाई प्रभावकारी बनाउन केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानीसमेत गर्नुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया