पाकिस्तानी प्रधानमन्त्री इमरान खान किन बस्न चाहँदैनन् प्रधानमन्त्री निवासमा?

 भदौ ५, २०७५ मंगलबार १४:५९:४४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राज्यका नाममा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरेका छन् ।

खानले भने,‘हेर्नुस हामी कसरी बस्छौं । प्रधानमन्त्री अर्थात् मेरो निवासमा ५२४ नोकर चाकर छन् । मेरो टुकडीका लागि ८० ओटा कार र ३३ ओटा बुलेटप्रुफ गाडी छन, उड्नका लागि हेलिकप्टर र हवाइजहाज छन् । यसैगरी देशका मुख्यमन्त्री र राज्यपालहरुका लागि पनि यी सारा सुविधाहरु उपलब्ध छन् । यस्ता सुविधा पहिलेका अंग्रेज शासकहरुसँग हुने गर्दथे । प्रधानमन्त्री तथा उच्च पदस्थ व्यक्तित्वहरुका विदेश भ्रमणमा अर्बौं रुपैयाँ खर्च हुन्छ, त्यत्रो रकम कहाँबाट आउँछ र कहाँ जान्छ  ?‘

खानले अगाडि भने,‘त्यसैले मैले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय गरेको छु ।’

‘म आफ्नै घरमा बस्न चाहन्थें तर जासूसी संस्थाका अनुसार मेरो ज्यानको खतरा हुनसक्ने भएकाले म रक्षा सचिवकाे ३ बेडरुम भएको निवासमा बस्नेछु । म जम्मा २ ओटामात्र कार राख्छु र ५२४ को सट्टा जम्मा २ जनामात्र सहायक राख्नेछु । प्रधानमन्त्रीका लागि छुट्याइएको बाँकी गाडीहरु लिलाम गरिन्छ त्यसबाट आएको रकम सरकारी ढुकुटीमा जान्छ ।’

‘म रक्षा सचिवकाे ३ बेडरुम भएको निवासमा बस्नेछु । जम्मा २ ओटामात्र कार राख्छु र ५२४ को सट्टा जम्मा २ जनामात्र सहायक राख्नेछु । ।’

उनले भने, ‘प्रधानमन्त्री निवासलाई अनुसन्धान केन्द्र/विश्वविद्यालयमा परिणत गर्न सकिन्छ । यही निर्णय राज्यपाल र अन्य उच्च पदस्थ व्यक्तित्वहरुका सन्दर्भमा पनि लागू गर्न सकिन्छ ।‘

यसबाहेक डाक्टर इशरत हुसैनको अध्यक्षतामा एउटा समिति पनि बन्दैछ । यो समितिले सरकारले अन्य कुन कुन तरीकाबाट राज्यको खर्च घटाउन सकिन्छ भनेर सुझाव दिनेछ । खानले भने, ‘नयाँ पाकिस्तानलाई नयाँ सोचको पनि आवश्यकता छ । त्यसैले हामीले पिछडिएका व्यक्ति तथा समूहका लागि विशेष तरीकाले सोच्नुपर्दछ ।‘

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया