एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौको खिचापोखरीबाट ६ लाख रुपैयाँ लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । खिचापोखरीमा प्रवेशराज भण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभलबाट बुधवार साँझ दाङका दिपुन श्रेष्ठ, रुकुमका तिलक रावत, कालीकोटका नविन केसी र उमेश केसीले ६ लाख रुपैयाँ लुटेका थिए ।
चार जनाले कम्पनीका कर्मचारी दीपक मल्लको हात बाँधेर खुकुरी देखाउँदै रकम लुटेर फरार भएका थिए । प्रहरीले उनीहरूलाई राति १० बजे ५९ हजार सात सय रुपैयाँसहित पक्राउ गरेको थियो । यस्तै लुटिएको रकममध्ये ७५ हजार रुपैयाँ बालाजु बस्ने मञ्जु पटुवारलाई राख्न दिएको पनि खुलेको छ ।
बाँकी रकमले उनीहरूले कपडा, जुत्ता र झोला खरिद गरेको तथा राति होटलमा लागुऔषध सेवन गर्दै बसेका थिए । चारैजना लागुऔषध प्रयोगकर्ता रहेको र उनीहरूले थप तीन जनालाई पनि लागुऔषध सेवनको लागि होटलको कोठामा बोलाएको अवस्थामा रोल्पाका प्रशन्न हमाल र सफल आचार्य तथा नवलपरासीका मिलन ढकाललाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।