मार्चमा १५ हजार पर्यटक नेपाल भित्रिए, तीन महिनामा ३३ हजार जनाको आगमन

 चैत १९, २०७७ बिहीबार १७:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही मार्च महिनामा झण्डै १५ हजार पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार मार्च महिनामा १४ हजार नौ सय ७७ जना पर्यटक नेपाल भित्रिएका छन् । यसमध्ये सबैभन्दा धेरै भारतबाट सात हजार ६ सय ५८ जना नेपाल आएको विभागले जनाएको छ ।

सरकारले हवाइ मार्गबाट आउने भारतीयलाई पर्यटक मान्दै आएको छ भने स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्दैन ।

यस्तै अमेरिकाबाट १७ सय तीन जना, चीनबाट १२ सय सात जना, बेलायतबाट ६ सय ६५ जना, जर्मनीबाट दुई सय १३ जना र रुसबाट दुई सय ११ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२१ को तीन महिनामा नेपालमा  झण्डै ३३ हजार पर्यटक आएका छन् । जनवरीमा आठ हजार आठ सय र फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल आएका थिए । 

यस्तै मार्च महिनाभर हवाइ मार्ग हुँदै ७१ हजार दुई सय ७० जना यात्रु नेपाल आएका छन् । यसमध्ये ५६ हजार दुई सय ९३ जना नेपाली रहेको पनि अध्यागमन विभागले जनाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया