मोरिन्होको बर्खास्ती र जिदानको आगमनबारे बोल्यो म्यान–यू : जिदानको बारेमा किन छलफल गर्नुपर्‍याे?

 भदौ ५, २०७५ मंगलबार १६:६:२४ | एजेन्सी
unn.prixa.net

प्रिमियर लिगको कमजोर क्लब मानिएको ब्राइटन एण्ड होव अल्वियनसँग ३–२ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडका समर्थक प्रशिक्षक जोसे मोरिन्होप्रति आक्रोशित छन् ।

प्रिमियर लिगको दोस्रो खेलमा भोगेको हारका कारण मोरिन्होको व्यापक आलोचना हुँदै आएको छ । उनलाई बर्खास्त गरेर नयाँ प्रशिक्षक भित्र्याउनु पर्ने स्वरहरु आउन थालेका छन् । तर क्लबको बोर्डले भने मोरिन्होको विकल्प नखोजिने स्पष्ट पारेको छ ।

मोरिन्होलाई बर्खास्त गरेर हाल कुनै क्लबमा आवद्ध नरहेका रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई अनुबन्ध गर्नका लागि सुझाव आइरहेका बेला क्लबले, ‘जिदानको बारेमा किन छलफल गर्नुपर्‍याे ? जब कि यहाँ प्रशिक्षकको पद खाली नै छैन’, भनेको छ ।

क्लबमा केही खेलाडी थप्नु पर्ने भनेर मोरिन्होले बोर्डसामु राखेको प्रस्ताव अस्वीकृत हुँदा मोरिन्हो पनि निराश छन् । उनी सेन्टर डिफेन्समा एन्थोनी मार्सियलको विकल्पका रुपमा खेलाडी अनुबन्ध गर्न चाहन्थे ।

अनुबन्ध गर्ने कुनै बाटो खुल्ला नभएपछि मोरिन्होले क्लबका लागि ‘कठिन सिजन’ हुने प्रतिक्रिया दिएका थिए । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nabynn

    Aug. 21, 2018, 4:29 p.m.

    Anthony Martial is not central defender, he's a forward

  •  0 Reply

तपाईको प्रतिक्रिया