चोरी गर्न लागेको आरोपमा कुटपिट हुँदा भक्तपुरमा एक जनाको ज्यान गयो

 चैत २३, २०७७ सोमबार ८:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा कुटपिट हुँदा भक्तपुरमा एक जनाको ज्यान गएको छ ।

स्थानीय बासीन्दाले कुटपिट गर्दा काभ्रेपलाञ्चोक कुसादेवीका कृष्ण गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।

कुटपिटबाट घाइते गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीमा शनिवार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै गुरुङलाई कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेकबहादुर केसी, नवीन कोजु, विनोद लाखा, कमल खत्री र सनिशकुमार राय रहेका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया