नवलपरासीमा मानसिक स्वास्थ्य शिविर

 जेठ १७, २०७५ बिहिबार १६:२८:२५
unn.prixa.net

रञ्जना लम्साल/नवलपरासी । 

जेठ १७ – नवलपरासीको कावासोतीमा बिहीबार मानसिक समस्या सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीले गरेको शिविरमा डा. उमेश आचार्य र डा. मनोज ढुङ्गानाले स्वस्थ्य परिक्षण गर्नुभएको थियो । 

सामी हेल्भेटास, हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ), चौतारी नेपाल हेल्थ फाउन्डेशन  (रुपन्देही) को सहयोगमा भएको कार्यक्रममा मनोसामाजिक समस्यामा रहेका बिरामीहरुको जाँच गर्नुका साथै निशुल्क औषधी बितरण गरिएको आप्रवासी हकहित संरक्षण मञ्चका सचिव बालकुमारी जिसीले जानकारी दिनुभयो । 

शिविरमा ३१ जना बिरामीको स्वस्थ्य परीक्षण गरिएको थियो । शिविरपछि गरिएको समिक्षा कार्यक्रममा बोल्दै डा. मनोज ढुङ्गानाले पछिल्लो समय धेरै मानिसमा मानसिक समस्या आउने गरेको भएपनि त्यसको बिषयमा पर्याप्त जानकारी नभएकाले समस्या जटिल हुँदै गइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया