कलाकारहरूकाे फेसबुक आईडी ह्याक गरेर उनीहरूका साथीसँग रकम असुल्ने एक पक्राउ

 चैत २४, २०७७ मंगलबार १८:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – चलचित्र क्षेत्रका कलाकारहरूको फेसबुक आईडी ह्याक गरेर उनीहरूका साथीहरूसँग रकम असुल गर्ने पर्साका एक १४ वर्षीय बालक पक्राउ परेका छन् ।

चलचित्र कलाकारको फेसबुकमा अनधिकृत पहुँच राखेर ह्याक गरी उनीहरूकै साथीहरूबाट पैसा असुल्ने गरेको गुनासेका आधारमा ती बालकलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

पक्राउ परेका बालकलाई जिल्ला अदालत काठमाण्डौबाट अनुमति लिएर पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया