एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा शुरु
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग दल भइसके पनि संसदीय समितिमा नेकपा नै रहेको भन्दै एमालेले विरोध जनाएको छ ।
प्रतिनिधि सभाको बिहीवारकाे बैठकमा एमालेका सांसद खगराज अधिकारीले सर्वोच्च अदालतको फैसलाअनुसार एमाले र माओवादी बिउँतिएर पुरानै संरचनामा काम भइरहे पनि संसदीय समितिमा अझै नेकपाकै सांसदको रूपमा रहन बाध्य भएको भन्दै आपत्ति जनाउनुभयो ।
अब संसद्ले नेकपालाई नचिन्ने भएकाले आफूहरूलाई संसदीय समितिमा एमालेकै दर्जामा राख्न पनि अधिकारीले माग गर्नुभयो । नेकपा नै नरहेकाले नेकपाको नाममा हुने निर्णयमाथि कानुनी प्रश्न उठ्न सक्ने भन्दै आफूहरूलाई एमालेकै सांसदका रूपमा काम गर्न दिन पनि अधिकारीले माग गर्नुभएको छ ।
यस्तै बिहीवारकाे बैठकको शून्य समयमा सांसदहरूले विभिन्न क्षेत्रका समस्या तथा सरकारको समर्थन र आलोचना गरेका छन् ।