निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट हटाउन सकिन्छ : नेता नेपाल

मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटी पुनर्गठन

 चैत २७, २०७७ शुक्रबार २०:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

माेरङ – नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनुभएको छ ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रवार विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवम् पुनर्गठन कार्यक्रममा उहाँले वर्तमान पार्टी नेतृत्वले आफूखुसी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो । 

पूर्वप्रधानमन्त्री नेपालले नेतृत्वका कारण कार्यकर्ताको मनोबल खस्केको आरोप लगाउँदै कम्युनिस्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा लागेको जानकारी दिनुभयो । उहाँले पार्टीका ६५ जिल्लामा कमिटी पुनर्गठन भइसकेको जानकारी दिँदै चाँडै ३२ भ्रातृ सङ्गठनको राष्ट्रिय भेलाको आयोजना गरी नागरिककाे पार्टीप्रतिको आशा एवम् विश्वास जगाउने कार्य भइरहेको बताउनुभयो । 

कार्यक्रममा युवा नेताहरू जगन्नाथ खतिवडा, जीवन घिमिरे, धनेन्द्र बस्नेत, डाक्टर देउमान सम्वाहाम्फे र महेश रेग्मीलगायतले पार्टी विधि, विधान र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । 

त्यही कार्यक्रममा नेता नेपालले चन्द्रवीर राईको अध्यक्षतामा तीन सय २५ सदस्यीय मोरङ जिल्ला कमिटी र पारुल क्षेत्रको अध्यक्षमा एक सय ७५ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन गर्नुभयो ।  

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया