टिकटकले भाइरल मलपोखरी (फोटो फिचर)

 चैत २८, २०७७ शनिबार १०:४१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुरको धोबीघाट नजिकै रहेको मलपोखरी हिजोआज चर्चित भएको छ ।

सामाजिक सञ्जाल टिकटकले यो ठाउँलाई भाइरल बनाएको हो । टिकटकमा चर्चित हुन थालेपछि टाढा टाढाबाट समेत यहाँ आउनेहरुको घुइँचो हुन थालेको छ ।  

तल पानी र माथि माटो तथा घाँस भएकाले माथि टेक्दा भुइँ लचकलचक हुन्छ । त्यही ठाउँमा युवायुवतीहरुले दौडिएर, उफ्रिएर र नाचेर भिडियो बनाउने गरेका छन् । 

दलदले जमिनमा भीड बढ्न थालेपछि सम्भावित दुर्घटनालाई ख्याल गर्दै अहिले यो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तर प्रहरीको आँखा छल्दै भिडियो बनाउने क्रम हटेको छैन ।


एक व्यक्तिले भिडिओ बनाएर टिकटकमा राखेपछि यहाँ भीड बढेको हो । स्थानीय बासिन्दाका अनुसार यो ठाउँमा पहिलेदेखि नै दलदल थियो ।

तल पानी, माथि झार तथा माटो भएकाले टेक्दा लचकलचक हुने यो ठाउँ टिकटकमा भाइरल नबन्दासम्म खासै चर्चित थिएन । टिकटकले एकाएक भाइरल बनाएपछि स्थानीयबासिन्दा अचम्ममा परेका छन् ।

 

५ सय ८३ रोपनी क्षेत्रफलमा फैलिएको मलपोखरी काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको जग्गामा पर्छ । यहाँ अहिले ढल प्रशोधन केन्द्र बनाइँदैछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया