शिवपुरी–नागार्जुन निकुञ्जमा लागेकाे आगाे निभाउन हेलिकप्टरबाट पानी खसालियाे

 चैत २९, २०७७ आइतबार १६:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : पद्युमन पाैडेलकाे ट्वीटबाट

काठमाण्डाै – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेकाे आगाे नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाइएको छ । सिम्रिक एअरकाे हेलिकप्टरबाट पानी खसाइएकाे हाे ।

हेलिकप्टरले पानी खसाए पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।  बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो अहिले धेरै ठाउँमा फैलिइसकेको छ ।

डढेलो नियन्त्रणका लागि निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

काठमाण्डौका दुई वटा दमकल गएर नियन्त्रणको प्रयास गरे पनि डढेलो सडकभन्दा धेरै माथि पुगेकाले सफल हुन नसकेपछि दमकल फर्किएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया