साँझमा देखिएकाे जानकी मन्दिरकाे सुन्दरता (फोटो फिचर)

 चैत २९, २०७७ आइतबार १७:३०:५३ | उज्यालो सहकर्मी

धनुषा – धनुषाको जनकपुर भन्नेबित्तिकै हर कोहीको मष्तिकमा जानकी मन्दिरको चित्र आउँछ ।

जनकपुर सीताको जन्मस्थल हो, जहाँ भारतबाट बर्सेनि विवाह पञ्चमीको अवसर पारेर जन्तीका रूपमा तीर्थयात्रीहरू आउने गर्छन् । ऐतिहासिकरूपले महत्त्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ जानकी मन्दिर । जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर धार्मिक हिसाबले नेपाल र भारत दुवै देशका हिन्दू धर्मावलम्बीको सेतु पनि हो ।

जानकी मन्दिरमा घुम्नकै लागि पनि आन्तरिक र बाह्य पर्यटकहरू पुग्ने गर्छन् । मुगल शैलीमा बनेको प्रख्यात जानकी मन्दिरलाई कलाको उत्कृष्ट नमुनाका रूपले हेर्ने गरिन्छ । मन्दिरको बनावटले पनि यहाँ पुग्ने जो कोहीलाई तान्छ । 

तस्बिरमा हेर्नुहाेस् :

 

तस्बिर : विकास गाेले 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया