दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकक...
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – चीनले आफ्नो देशमा उत्पादन भएको काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप तुलनात्मक रूपमा कम प्रभावकारी रहेको स्वीकार गरेको छ । चीनको रोग नियन्त्रण केन्द्र (सीडीसी) का प्रमुख ग्वाओ फुले पत्रकार सम्मेलनमा अहिले उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
समाचार एजेन्सी राेयटर्सका अनुसार सीडीसी प्रमुख ग्वाओले भन्नुभएकाे छ ‘कम प्रभावकारी देखिएकाे काेराेना खाेप सुधारका लागी विभिन्न खाेपकाे मात्रा मिलाउनु एक तरिका हाे । विभिन्न प्रविधिबाट बनाइएकाे खाेपकाे उपयाेगमा विचार गरिरहेका छाैँ ।’
उहाँले चीनमा उत्पादन भइरहेका खोपहरूको प्रभावकारिता बढाउनका लागि खोप समायोजनबारे विचार गरिएको पनि बताउनुभयो । चीनले आफ्नो देशमा उत्पादन भएका कोरोना भाइरसविरुद्धका चार खोपलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृति दिएको छ । तर ती खोपको चीनबाहिर गरिएको केही परीक्षणमा प्रभावकारिता ५० प्रतिशतभन्दा कम देखिएको छ ।
चिनियाँ अधिकारीले आफ्नो खोपको प्रभावकारिता कम रहेको स्वीकार गरेको यो निकै दुर्लभ घटना हो । चीनमा अहिलेसम्म १० करोडभन्दा बढी मानिसले खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।
Leela
April 13, 2021, 11:36 a.m.लौ त्यसोभए नलगाउने भइयो त ...