सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा : सतर्कता अपनाउन अनुराेध

 चैत ३१, २०७७ मंगलबार १७:१४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । पश्चिमी वायुका कारण तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

यो प्रणाली बिस्तारै पूर्वतिर सरिरहेकाले वाग्मती र  प्रदेश दुईका केही ठाउँमा पनि ठूलो असिना पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी वायुको प्रभाव अझै दुई दिन रहने मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लाहरूमा भने सामान्यतया मौसम सफा नै रहेको छ । आउँदो दुई दिनसम्म बिहान र दिउँसो सफा भए पनि बेलुकीपछि मौसम बदली हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया