६ महिनामा २ सय किलोमिटरभन्दा धेरै सडक कालोपत्र
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – २०७७ सालमा एक वर्षमा विभिन्न विपद्जन्य घटनामा परि पाँच सय ९२ जनाको ज्यान गएको छ । त्यस्तै एक सय एक जना हराएका छन् ।
गएको वैशाख १ गतेदेखि चैत ३१ (आज) सम्ममा भएका ४१ सय ५७ वटा विपद्जन्य घटनामा पाँच सय ९२ जनाको ज्यान जानुको साथै ११ सय ६७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
गएको एक वर्ष सबैभन्दा धेरै पहिरोका कारण तीन सय एक जनाको ज्यान गएको छ भने ६४ जना हराइरहेका छन् । यस्तै आगलागीमा परि ९७ जना, चट्याङ लागेर ७० जना, सर्पको टोकाइबाट २१ जना र विभिन्न जनावरले आक्रमण गर्दा ३७ जनाको ज्यान गएको छ ।
यस्तै बाढीमा परेर ४२ जनाले ज्यान गुमाएका छन् भने ३७ जना हराइरहेका छन् । एक वर्षको अवधिमा अविरल वर्षाले १५ जना, हावाहुरीले आठ जना र हिमपातले एक जनाको ज्यान लिएको प्राधिकरणले जनाएको छ
विपद्जन्य घटनामा परेर ३४ सय एक वटा घरपालुवा पशुचौपाया मरेका छन् । सबै घटनामा गरी दुई अर्ब एक करोड ९३ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।