‘सरकारले केही गरेन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामीले ठूलाे प्रगति गरेका छौँ’

 वैशाख १, २०७८ बुधबार ९:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही गरेन भनेर भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ । देशवासीको नाममा सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेको तर केही शक्तिले केही कामै भएन भनेर भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो । उहाँले विभिन्न क्षेत्रमा ठूलो प्रगति हासिल गर्न वर्तमान सरकार सफल भएको बताउनुभयो । 

हरेक दिन साढे ५ किलोमिटर सडक बनिरहेको भन्दै उहाँले पुष्पलाल राजमार्ग, मदनभण्डारी राजमार्गलगायत राजमार्ग निर्माणको काम तीब्र गतिमा भइरहेको बताउनुभयो । हुलाकी राजमार्गको काम अन्तिम चरणमा रहेको र केही निकुञ्जहरुका कारण काम रोकिएको उहाँले बताउनुभयो । 

यस्तै देशका विभिन्न ठाउँमा सभागृह निर्माणका काम यही सरकारले गरेको भन्दै लुम्बिनीमा ५ हजार क्षमताको, गोदावरीमा ३ हजार क्षमताको र अरु ठाउँहरुमा पनि  सभागृह बनाउन यो सरकार सफल भएको उहाँले बताउनुभयो । 

यस्तै एकदिनमा कम्तीमा १२ वटाको दरले आवास तयार भइरहेको उहाँले दाबी गर्नुभयो । यस्तै उहाँले सामाजिक सुरक्षा भत्ता महिनाको १ सयबाट सुरु भएको र अहिले दिनको एक सय रुपैयाँ पुर्याइएको बताउनुभयो । अर्को आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढ्नेसमेत उहाँको भनाइ छ । 

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको संख्या ५ लाख थपिएको भन्दै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएर सरकारले जनमुखी काम गरेको बताउनुभयो । यस्तै बैशाख ११ गतेदेखि बालबालिका र ज्येष्ठ नागरिकहरु लिफ्टमार्फत धरहरा चढ्न सक्ने उहाँले बताउनुभयो । 

नयाँ हवाई मैदानहरु निर्माणन भइरहेको भन्दै उहाँले विदेशीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेवित्तिकै नयाँ अनुभव गर्न थालेको बताउनुभयो । यस्तै उहाँले मेलम्चीको सपना धाराधारामा बाँड्नु गफ मात्रै नभएको बताउनुभयो । जस लिने होडमा आफूहरु नभएको भन्दै उहाँले आफूहरु काममा बढी विश्वास गर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया