आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सुरु हुँदै

 बैशाख १, २०७८ बुधबार ९:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि देशभर दुई हप्ते व्यक्तिगत घटना दर्ता विशेष अभियान सञ्चालन हुने भएको छ ।

गृह मन्त्रालयले नागरिकको घटना दर्ता गराउने कामलाई तिब्रता दिँदै छुटेकालाई समावेश गराउन आजदेखि अभियान सञ्चालन गर्न लागेको हो । अभियान सबै पालिकामा सञ्चालन हुने गरी संयन्त्रसमेत निर्माण गरिएको मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

यो वर्ष घुम्ती शिविरसमेत सञ्चालन गरी विशेष दर्ता अभियान सञ्चालन गर्न लागिएको विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले व्यक्तिगत घटना दर्तालाई उच्च प्राथमिकता दिँदै सन् २०२४ सम्ममा जन्म र मृत्यु दर्तालाई शत–प्रतिशत पुर्याउने र अरु घटना दर्ताै पनि उल्लेख्य रुपमा बढाउने उदेश्य राखेको छ ।

नेपालमा हरेक वर्ष बैशाख १ लाई व्यक्तिगत घटना दर्ता दिवसको रुपमा मनाइँदै आएको छ भने सात गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहको रुमपा मनाउने गरिएको छ । यसपटक भने १६ दिनसम्म विशेष अभियान चलाउन लागिएको हो । 

नेपालमा २०७२ चैत १३ गते काठमाण्डौ महानगपालिका १ र १६ बाट अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता अभियानको शुभारम्भ गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया