राष्ट्रिय जनमाेर्चाले गण्डकी प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

 वैशाख १, २०७८ बुधबार १४:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओलीलाई साथ दिएका कारण आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा तीन सांसद रहेको जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र कसैले मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरेमा आफूहरूले साथ दिने पुरीले बताउनुभयो । उहाँले आफूहरू केपी ओली नेतृत्वको एमालेबाहेकको गठबन्धनमा जाने पनि बताउनुभयो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका दुई सदस्य छन् । सरकार जोगाइराख्न मुख्यमन्त्री गुरुङलाई ३१ सदस्यको साथ चाहिन्छ । मुख्यमन्त्री गुरुङलाई पद जोगाइराख्न अब तीन सांसदको समर्थन आवश्यक पर्छ ।

गण्डकी प्रदेशमा कांग्रेस, माओवादी र जसपाले सरकार गठनका लागि पहल थालिसकेका र जनमोर्चाले पनि ओलीविरुद्ध गठबन्धनलाई समर्थन जनाउने भनेकाले गण्डकी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावना बढेको छ ।      

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया