लुम्बिनीमा वैकल्पिक सरकारको कसरत, कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने

 वैशाख २, २०७८ बिहीबार ११:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत सुरु गरेका हुन्।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लैजाने प्रक्रिया अघि बढिसकेको लुम्बिनी प्रदेशको कांग्रेस र माओवादी केन्द्रका प्रदेश सांसदहरुले बताएका छन् ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद रहेका छन् । माओवादी केन्द्रले पोखरेललाई हटाएर कांग्रेस, जसपा र जनमोर्चाको समर्थनमा कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने कसरत गरिरहेको बुझिएको छ ।

यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री शाहीले भोलि प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को २ बमोजिम विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको छ ।

केन्द्रमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका लागि नेपाली कांग्रेस, जसपा र माओवादी केन्द्रले कसरत गरिरहेका छन् । जसपाका नेताहरुले सरकार गठनमा कांग्रेस अग्रसर नहुने भए जसपालाई नेतृत्व दिन कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गर्नुभएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया