धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ ।
वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । अहिले प्रि-मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद् मानन्धरले बताउनुभयो ।
नेपालमा गएको मार्च महिनादेखि नै प्रि-मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो ।
अबको केही दिन भने प्रि-मनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । तर, प्रि-मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै छैन ।
यस्तै, आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । मौसमविद् मानन्धरका अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना छ । तर, पानी भने हल्का मात्रै पर्नेछ । प्रि-मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ ।
गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ । तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ ।
चट्याङ्ग र ठूलाे हावाहुरीकाे सम्भावना रहेकाले सुरक्षित रहन माैसमविद्ले आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।